माया गर्ने मुटुले निधारले होइनः सांसद योगेश भट्टराई
पाेखरा | माघ ५, २०७९
पोखराः नेकपा एमालेका सचिव तथा सांसद योगेश भट्टराईले सभामुखका उम्मेदवार देवराज घिमिरेलाई मतदान गर्न नेपाली कांग्रेसलाई आह्वान गरेका छन् ।
बिहीवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सभामुखका उम्मेदवार घिमिरेलाई मत माग्दै कांग्रेसले मुटुदेखि नै प्रधानमन्त्रीलाई समर्थन गरेको कि निधार देखि भन्दै प्रश्न गरेका छन ।
‘प्रधानमन्त्रीलाई कांग्रेसले विश्वास मत दिएको छ, बिहान प्रमोद खरेलको गीत सुने, माया गर्ने मुटुले हो निधारले होइन, उनले भने, प्रधानमन्त्रीलाई मुटुबाट नै माया गरेको हो भने सभामुखलाई पनि मतदान गर्न अनुरोध छ ।'
उनले सभामुखका उम्मेदवारलाई आफूले नजिकबाट चिनेको भन्दै सबैले जिताएर सभामुख बनाउन आग्रह गरे ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

